आँगनमा प्रशासन अन्तर्गत १९६ जना लाभान्वित

IMG-20240909-WA0379

गान्तोक: आँगनमा प्रशासन अन्तर्गत सोरेङ जिल्लामा वृद्ध अनि शारिरिकरूपमा असक्षम व्यक्तिहरूको लागि आधार कार्डको फोटो खिच्ने शिविरको समापन भयो। गत १ सेप्टेम्बरदेखि शुरू भएको उक्त शिविरको हिजो समापन भएको हो। विशेष गरेर सोरेङ जिल्लाको मेन्दुगाउँ बरबोटे ग्राम पञ्चायत यूनिटमा उक्त शिविर आयोजना गरिएको थियो। यस अवसरमा विशेष गरेर वरिष्ठ नागरिक, गर्भवती महिलाहरूको निम्ति डेसमी विभाग, मेन्दुगाउँ बरबोटे ग्राम पञ्चायत र पञ्चायत सदस्यहरूको संयुक्त पहलमा आयोजना गरिएको हो। उक्त शिविरबाट कूल १९६ जनाले लाभ उठाएको जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement