गान्तोक: वाराणसी नगर निगमका उपमेयरको नेतृत्वमा ८२ जना पार्षदहरूको एउटा प्रतिनिधि टोली गान्तोक भ्रमणमा आएको छ। यस भ्रमणको उद्देश्य वाराणसी नगर निगम र गान्तोक नगर निगमबीच उत्कृष्ट अभ्यासहरूबारे ज्ञान अनि जानकारी आदनप्रदान गर्नु रहेको छ। यसमा शहरी शासन, नगरपालिका प्रशासन र सार्वजनिक सेवा प्रमुख रहेको छ। आज जीएमसी फूटसल एरिनामा एउटा कार्यक्रमबीच वाराणसी नगरपालिकाबाट आएको प्रतिनिधि टोलीलाई गान्तोक नगरनिगमका मेयर अनि नगरपालिकाका अधिकारीहरूले भव्य स्वागत जनाए।










