सतपालजी महाराजको ७३औं जन्म दिवसमा पुस्तकालयको उदघाटन

IMG-20240909-WA0376

रम्फू: मानव उत्थान सेवा समिति तथा मानव धर्मका प्रणेता श्री सतपालजी महाराजको ७३औं पावन जन्मदिवसको उपलक्ष्यमा आइतबारको दिन पूर्व सिक्किमको पाकिम जिल्ला अन्तर्गत रम्फूस्थित समिति आश्रम श्री सूयश सत्संग धाम आश्रमको सत्संग हलमा मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र प्रेस अनि मीडिया विभागले तयार पारेको पुस्तकालय रम्फू तहसील प्रभारी साध्वी महात्मा सरला बाईजीको बाहुलीबाट उदघाटन गरियो। यस उदघाटन समारोहमा रम्फू तहसील सह-प्रभारी साध्वी महात्मा विन्द्रा बाईजी, सिक्किम राज्य समिति अध्यक्ष पूर्ण योञ्जन, पत्रकार सन्जय अग्रवाल, उत्तर पूर्वाञ्चल क्षेत्र प्रेस अनि मीडियाका वरिष्ठ सल्लाहकार टी बी बस्नेत,सिक्किम राज्य समिति प्रचार सचिव सूर्यकुमार गिरी,उत्तर पूर्वाञ्चल क्षेत्र प्रेस एन्ड मीडिया विभागका कार्यालय सचिव सागर मोहोरा, रम्फू तहसील सचिव भीम राई विशेष रुपले उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement