नयाँ दिल्ली: गत च्याम्पियन भारतले सोमवार पुरुष एशियाई च्याम्पियन्स ट्रफी हकी टुर्नामेण्टको म्याचमा जापानलाई ५-१-ले पराजित गऱ्यो। म्याचमा सुखजीत सिंहको २ गोलले जापानको चुनौतीलाई माटोमा मिलायो। यो भारतको लगातार दोस्रो जीत हो। म्याचमा सुखजीतले दोस्रो र ६०औं मिनटमा २ गोल गरे। यसबाहेक अभिषेकले तेस्रो, सञ्जयले १७औं र उत्तम सिंहले ५४औं मिनटमा गोल गरे। जापानको तर्फबाट मात्सुमोतो काजुमासाले ४१औं मिनटमा गोल गरे। यसअघि भारतले आइतवार आफ्नो पहिलो म्याचमा आयोजक चीनलाई ३-०-ले पराजित गरेको थियो। आजको म्याचमा चारपल्टको च्याम्पियन भारतलाई केवल दुईवटा पेनल्टी कर्नर प्राप्त भयो जबकि जापानको टीमले पाँचवटा पेनल्टी कर्नर हासिल गर्यो। हरमनप्रीत सिंहको कप्तानीमा रहने भारतले अब बुधवार गत संस्करणको उपविजेता मलेशियाको सामना गर्नेछ। टुर्नामेण्टको शुरुवाती चरणमा ६ वटा टीमबीच राउण्ड रोबिन म्याचहरू हुनेछ अनि शीर्ष चारमा रहने टीमहरूले सेमिफाइनलमा स्थान बनाउने। सेमिफाइनल म्याचहरू १६ सेप्टेम्बरमा जबकि फाइनल म्याच १७ सेप्टेम्बरमा खेलिनेछ। भारतले हालै पेरिस ओलम्पिकमा काँस्य पदक जितेको थियो।