नक्सलबारी: आज नक्सलबारीको सुकान्त स्पोर्टिङ क्लबको आयोजनामा एक दिवसीय कार्य लात्ते भकुण्डो प्रतियोगिताको आयोजना गरियो। नक्सलबारीको रथखोला विधुबाला स्कुल मैदानमा यसको आयोजना गरिए छ।यस फुटबल प्रतियोगितामा नक्सलबारी खण्डको जम्मा २४ वटा दलले अंश ग्रहण गरेको छ। उक्त प्रतियोगितामा विजय टोलीलाई ट्रफी सहित नगद १० हजार रुपियाँ, उप विजेता दललाई ट्रफी सहित नगद ५ हजार रुपियाँ प्रदान गरिनेछ। यसबाहेक म्यान अफ द म्याच, म्यान अफ् द सिरिज, बेस्ट गोलकिपरलाई पनि पुरस्कृत गरिनेछ। सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले राष्ट्रिय झण्डा उत्तोलन गरेर प्रतियोगिता शुरू गरियो यस अवसरमा नक्सलबारी ग्राम पञ्चायत प्रधान जयन्ती किरो, उप प्रधान विश्वजीत घोष क्लबका सभापति बापी चक्रवर्ती, सुकुमार मल्लिक, बापन घोष, सत्यनारायण गोस्वामी लगायत अन्य उपस्थित थिए।