सिलगढी: हिजो रातीमात्र भक्ति नगर थाना पुलिसले एक अभियान चलाएर धेरै मात्रामा गाँजा सहित ५ जना महिलाहरुलाई पक्राउ गरेको छ।त्यसरी पक्राउ गरिसकेपछि आज जलपाईगढी अदालतमा उनीहरुलाई पेश गरियो । यसरी पक्राउ परेका महिलाहरूमा क्रमैसँग आरती कुजूर (६२), कबिता कुजूर ४५), प्रियङ्का साहू (२०), अञ्जली साहनी (२४) र फुलो राय (१८) सामेल छन् । तीमध्ये आरती, कबिता, प्रियङ्का र अञ्जली मतिगढा थाना अन्तर्गत राना बस्ती इलाका निवासी हुन् भने फुलो राय प्रधान नगर थाना अन्तर्गत गेट बजार इलाका निवासी हुन् ।