परिवारले गरे हत्याको आशंका व्यक्त
सिलगढी: साथीहरूसँग घुम्न गएका एक युवकको सडक दुर्घटनामा मृत्यु भएको घटना सिलगढीको ईष्टन बाइपास नजिकै रहेको डम्पिङ ग्राउण्ड नजिक भएको हो। जानकारीका अनुसार २६ वर्षीय कृष्ण दास हिजो साँझ दुई साथीसँग मोटरसाइकलमा घुम्न गएका थिए। त्यसपछि सिलगढीको ईष्टन बाइपाससँग जोडिएको डम्पिङ ग्राउन्ड नजिकै ट्रकलाई ओभरटेक गर्ने क्रममा बाइक नियन्त्रण बाहिर गएको थियो। जसका कारण मोटरसाइकलमा पछाडि बसेका कृष्ण दास सडकमा झरेर टाउकोमा चोट लागेको थियो। उक्त दुर्घटनामा युवकको घटनास्थलमै मृत्यु भएको थियो। यहाँ आफ्नो एक्लो छोराको मृत्युको खबरले अभिभावकलाई मर्माहत बनाएको छ। कृष्ण दास फकदईबारीका बासिन्दा थिए।
उनी दार्जिलिङमा एसीको काम गर्थिन्, मृतकका परिवारले बताए। उनी केही दिनअघि मात्रै बिदामा घर आएका थिए। कृष्ण आइतबार साँझ साथीहरूसँग घुम्न गएका थिए। तर राति अबेरसम्म घर नफर्केपछि उनको खोजी सुरु गरिएको थियो। आज बिहान सिलगढी जिल्ला अस्पतालमा छानबिन गर्दा उनको हिजो ईष्टन बाइपास रोडमा सडक दुर्घटनामा मृत्यु भएको थाहा भयो।परिवारका सदस्यले यस घटनामा हत्या भएको आशंका गरेका छन्। उनी सडकमा झरेपछि उनका साथीहरु अस्पताल लैजानुको सट्टा त्यहाँबाट भागेको परिवारका सदस्यहरु बताउँछन्। उनलाई अस्पताल पुर्याएको भए सायद उनको ज्यान बच्ने थियो। उनले घटनाबारे पुलिस थानामा लिखित उजुरी दिने बताए।