पञ्चानन वर्माको पुण्यतिथि

IMG-20240909-WA0325

राजगञ्ज: राजवंशी समुदायका पिता पञ्चानन वर्माको ९०औँ पुण्यतिथि राजगञ्जका विभिन्न ठाउँमा मनाइयो। आज राजगञ्जको माझियाली ग्राम पञ्चायतअन्तर्गत मेहदीगञ्ज क्षेत्रको कराटोआ नदीको किनारमा रहेको चियारीखाडीमा पञ्चानन वर्माको पुण्यतिथि मनाइयो। उत्तरवाङ क्षत्रिय राजवंशी उपकुलपति तथा कुलशिष्य भक्त समाज सेवा संस्थानले पञ्चानन बर्माको शालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदान र उपलब्धिबारे चर्चा गरी दिवस मनाइएको थियो।
यसका साथै राजगञ्जको झांजुपाडा, अरिपाडा, आदर्शपल्लीलगायत विभिन्न स्थानमा पञ्चानन वर्माको पुण्यतिथि मनाइयो। सो क्रममा माटिगरा-नक्सलबारीका विधायक आनन्दमय बर्मन, करुणाकान्त अधिकारी, हरदेव अधिकारीलगायतको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement