मुख्यमन्त्री ममता ब्यानर्जी डाक्टरहरुलाई काममा फर्किन आग्रह

CM-Mamta-Banerjee-4-copy-1

कोलकाता: कोलकाताको आरजी कर मेडिकल कलेजमा एक प्रशिक्षार्थी डाक्टरको दुष्कर्मपछि हत्या भएपछि चिकित्सकहरू हडतालमा छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले हडतालमा रहेका चिकित्सकहरूलाई काममा फर्किन अपिल गरेकी छन्। उनले सर्वोच्च अदालतको आदेशको उल्लेख गर्दै आफू चिकित्सकलाई भेट्न तयार रहेको, र उनीहरुको समस्या सुन्न पूर्ण प्रतिबद्ध रहेको बताइन्। मुख्यमन्त्रीले हडतालमा २३ बिरामीको मृत्यु र चिकित्सा सेवा अवरुद्ध भएको घटनाको गम्भीरतालाई स्वीकार गरिन्। उनले अभिभावकलाई क्षतिपूर्तिको कुरा कहिल्यै नगरेको बताउँदै यसबारे जुन प्रचार भइरहेको छ त्यो गलत भएको बताइन्। पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने डाक्टरको प्रमुख माग थियो, र मुख्यमन्त्रीले सही समयमा सही कुरा भन्न आफूलाई थाहा भएको बताइन्। यसबाहेक ओडिशाबाट बर्ड फ्लूको रिपोर्ट आएपछि मुख्यमन्त्री ममता ब्यानर्जीले महत्वपूर्ण कदम चालेकी छन्। अस्वास्थ्यकर कुखुरा बंगाल प्रवेश गर्न नपरोस् भनेर उनले सीमा नाका सिल गर्न निर्देशन दिइन्। मुख्यमन्त्रीले सम्भावित जोखिमबाट बच्न समन्वय कायम गर्न रेल विभागसँग बैठक गर्ने पनि बताएकी छन्। उनले अहिले बंगालमा बर्डफ्लुको समस्या नभएको पनि स्पष्ट पारिन्। मुख्यमन्त्रीका यी निर्देशनहरू परिस्थितिलाई सम्हाल्न र जनताको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिनको लागि ठोस कदम हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement