नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले बंग्लादेशविरुद्ध खेलिने पहिलो टेस्ट म्याचको निम्ति भारतीय टीमको घोषणा गऱ्यो। रोहित शर्माको अगुवाईमा भारतले बंग्लादेशविरुद्ध दुईवटा टेस्ट म्याचको सीरीज खेल्नेछ। सीरीजको पहिलो म्याच १९ सेप्टेम्बरदेखि चेन्नईमा शुरु हुनेछ। बीसीसीआई-ले शुरुवातमा पहिलो टेस्ट म्याचको निम्ति मात्र टीमको घोषणा गरेको छ। साल २०२२-मा भयावह कार दुर्घटनामा गम्भीर रूपले घाइते हुने रिषभ पन्त यस सीरीजको साथ टेस्ट टीममा फर्किएका छन्। पन्तले आफ्नो अन्तिम टेस्ट म्याच दिसम्बर २०२२-मा बंग्लादेशविरुद्ध नै खेलेका थिए। त्यो टेस्ट २५ दिसम्बरमा समाप्त भएको थियो अनि त्यसको केही दिन पछि (३० दिसम्बर) नै पन्तको दुर्घटना भएको थियो। हालै दलीप ट्रफीको माध्यमले उनी रातो बलको प्रारूपमा फर्किएका थिए। टेस्ट टीममा विकेटकीपरको रूपमा पन्तको साथमा ध्रुव जुरेललाई पनि चयन गरिएको छ। यसरी केएल राहुल पनि टेस्ट टीममा फर्किएका छन् तर उनले विशेषज्ञ ब्याटरको रूपमा खेल्नेछन्।
कप्तान रोहित शर्मा, विराट कोहली, रविचन्द्रन अश्विन, जसप्रीत बुमराह र रविन्द्र जडेजालाई आशानुरुप टीममा सामेल गरिएको छ। यी सबै खेलाड़ीहरूले दलीप ट्रफीमा हिस्सा लिएनन्। यस सालको शुरुवातमा ईंग्ल्याण्डविरुद्ध ५ वटा टेस्ट म्याचको होम सीरीजमा नखेल्ने कोहली पनि लामो प्रारूपमा फर्किएका छन्। यसरी जडेजा टी२० वर्ल्ड कपमा खिताबी जीतपछि पहिलोपल्ट मैदाना फर्किनेछन्। उनलाई श्रीलंकाविरुद्ध सीरीजमा आराम दिइएको थियो। यस सालको शुरुवातमा ईंग्ल्याण्डविरुद्ध सीरीजमा पदार्पण गर्ने सरफराज खानले टीममा स्थान कायम राखेका छन्। यसरी पेस बलर यश दयाललाई पहिलोपल्ट भारतीय टीममा स्थान प्राप्त भएको छ।
बंग्लादेशविरुद्ध पहिलो टेस्टको निम्ति भारतीय टीम यसप्रकार छः
रोहित शर्मा (कप्तान), यशस्वी जयसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, रिषभ पन्त (विकेटकीपर), ध्रुव जुरेल (विकेटकीपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद सिराज, आकाशदीप सिंह, जसप्रीत बुमराह र यश दयाल









