२१ अगस्तः युक्रेनका बक्सर अलेक्सान्द्र उसिकले सऊदी अरबको जेद्दा स्थित किंग अब्दुल्ला स्पोर्ट्स सिटीमा भएको रोमाञ्चक लड़ाइँमा एन्थनी जोशुआ विरुद्ध विभाजित निर्णयद्वारा जीत हासिल गरी आफ्नो वर्ल्ड हेभिवेट बक्सिंग च्याम्पियनको खिताब कायम राखे। यस बाउटको अन्तमा जजहरूले आफ्नो फसेला सुनाउँदा दुवै बक्सरले युक्रेनको ध्वज उठाएका थिए। उसिकलाई विजेता घोषित गरिएपछि उनले आफ्नो राष्ट्रिय ध्वजले अनुहार छोपे।

पैंतीस वर्षीय उसिकले रुसको हमला विरुद्ध युक्रेन सेनामा सेवा दिएको ६ महिनापछि डब्ल्यूबीए, डब्ल्यूबीओ र आईबीएफ खिताबलाई हासिल गरे।

युक्रेनका राष्ट्रपतिले पनि यस टाइटल बाउट अघि उसिकको निम्ति शुभकामना सन्देश पठाएका थिए। बाउटपछि ब्रिटेनका प्रतिद्वन्द्वी जोशुआले पनि उसिकको हिम्मतको प्रशंसा गरे।