बीएसएफ जवानमाथि गोली प्रहार

IMG-20240909-WA0288

अगरतला: त्रिपुरामा बीएसएफको १०५औं बटालियनका एक सिपाहीमाथि गोली प्रहार भएको छ। सोमबार दिउँसो १२ बजेतिर त्रिपुराको धलाई जिल्लाको कमलपुर उप–डिभिजनको भारत–बंगलादेश सीमामा रहेको अमतली बीओपी नजिकैको क्षेत्रमा उक्त घटना भएको हो। ड्युटीमा रहेका बीएसएफ जवानको छातीमा गोली लागेको छ। घाइते बीएसएफ जवानको नाम बी अरुण दिलिप (४० वर्षीय) बताइएको छ। घटना पछि, अन्य बीएसएफ सिपाहीहरूले उनलाई उपचारको लागि कमलपुर उप-डिभिजन अस्पतालमा लगे, तर उनको अवस्था गम्भीर थियोl उनलाई त्रिपुराको मुख्य रेफरल अस्पताल, अगरतला जीबीपी अस्पतालमा रिफर गरियो। यहाँ, बीएसएफ जवानलाई गोली कसले हानेको भनेर बीएसएफ अधिकारीहरूले मुख खोलेका छैनन्। त्यहाँ उपस्थित बीएसएफ जवानहरूले पत्रकारहरूलाई अस्पतालमा घाइते बीएसएफ जवानहरूको फोटो खिच्नदेखि रोकेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement