जलपाईगढी: तपाईले एउटा रुख रोपेर १० लाख रुपियाँ पुरस्कार पाउन सक्नुहुन्छ। सर्वसाधारणलाई रुख रोप्न उत्प्रेरित गर्न प्रकृतिप्रेमी संस्था ‘वृक्षबन्धु’का सदस्यले यस्तो उत्कृष्ट पुरस्कारको व्यवस्था गरेका हुन्। तर, यो पुरस्कार जित्नका लागि रुख रोप्नुका साथै अभिभावकको निर्देशनमा एक वर्ष रुखको रेखदेख पनि गर्नुपर्ने ‘रुख रोपौँ, जीवन बचाउ’ भन्ने नारा रहेको छ प्रकृति प्रेमी संस्था ‘वृक्षबन्धु’ द्वारा घोषणा गरिएको हो। जलपाईगढी जिल्लाको मैनागढी पुलिस स्टेशनमा पुलिस अधीक्षकद्वारा एक कार्यक्रम आयोजना गरिएको कार्यक्रममा स्थानीय बासिन्दालाई विभिन्न किसिमका बिरुवा वितरण गरियो।

‘वृक्षबन्धु’ संस्थाका सदस्यले भने, ‘हामी प्रकृतिमा विश्वास गर्छौं, प्रकृति जोगाउन हामीले धेरै रुख रोप्नुपर्छ। त्यसैले मानिसमा रुख रोप्ने उत्साह जगाउन पुरस्कारको व्यवस्था गरेका छौँ। पहिलो पुरस्कार १० लाख रुपियाँ रहेको छ। दोस्रो र तेस्रो हुनेलाई ५ लाख र २ लाख ५० हजार रुपियाँ पुरस्कार दिइनेछ। अरु धेरै पुरस्कारहरु पनि छन्। सर्वसाधारणले रुख रोपेर करिब २० लाख रुपियाँ पुरस्कार जित्न सक्छन्। वृक्षारोपणको यही चेतनामूलक सन्देश दिँदै ‘वृक्षबन्धु’ संस्थाका सदस्यहरूले रुखको एक वर्षसम्म अभिभावकले जस्तै हेरचाह गर्ने बताए। त्यसपछि मात्र तपाईंले १० लाख रुपियाँ पुरस्कार जित्न सक्नुहुन्छ। कार्यक्रममा जलपाईगढी जिल्लाका पुलिस अधीक्षक उमेश खान्डबहलले धेरै बिरुवा वितरण गरे। उक्त अवसरमा ‘वृक्षबन्धु’ संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो।