भारतले जम्मा २९ वटा पदकको साथ पेरिस प्यारालम्पिक अभियान गऱ्यो समाप्त

IMG-20240909-WA0182

नयाँ दिल्ली: पेरिस प्यारालम्पिक खेलहरूको आइतवार अबेर राति रंगारंग कार्यक्रमबीच समापन भयो। भारतको निम्ति यो प्यारालम्पिक खेलहरू यादगार रह्यो। भारतीय दलले जम्मा २९ वटा पदक जितेर टोक्यो प्यारालम्पिकको रेकर्ड तोड़्यो। तीन साल अघि भारतले टोक्योमा १९ वटा पदक जितेको थियो। यसपाली भारतले ७ वटा स्वर्ण, ९ वटा रजत र १३ वटा काँस्यको साथ जम्मा २९ वटा पदक जित्यो। भारत यसपाली २५ वटा पदक जित्ने लक्ष्य लिएर मैदानमा ओर्लिएको थियो तर भारतीय एथलीटहरूले उत्कृष्ट प्रदर्शन गर्दै लक्ष्यलाई पार गरेर देखाए। यो प्यारालम्पिक हरेक दृष्टिकोणले भारतको निम्ति अहिलेसम्मको सर्वश्रेष्ठ प्यारालम्पिक साबित भयो। अवनि लेखराबाट शुरु भएको स्वर्णिम कहानी नवदीप सिंंहमा आएर समाप्त भयो। पेरिसमा भारतका ८४ जना प्यारा एथलीट्सले हिस्सा लिएका थिए। भारतको निम्ति पेरिस प्यारालम्पिक सबैभन्दा सफल प्यारालम्पिक साबित भयो। यसअघि टोक्यो प्यारालम्पिक भारतको निम्ति सबैभन्दा सफल रहेको थियो। भारतले टोक्योमा ५४ जना एथलीट्स पठाएर १९ वटा पदक जितेको थियो। त्यसमा ५ वटा स्वर्ण, ८ वटा रजत र ६ वटा काँस्य पदक सामेल थियो। भारतले पेरिसमा २०औं पदक जित्नको साथै टोक्योको रेकर्डलाई तोड़ेको थियो। यसरी टोक्यो प्यारालम्पिकको पदक तालिकामा भारत २४औं स्थानमा रहेको थियो। यसपाली देश २९ वटा पदकको साथ १९औं स्थानमा रह्यो। यो भारतको अहिलेसम्मको सर्वश्रेष्ठ ऱ्याङकिंग हो।
प्यारालम्पिक खेलहरूको शुरुवात १९६०-मा रोम प्यारालम्पिक खेलहरूको साथ भएको थियो। भारतले १९६० अनि १९६४-को प्यारालम्पिकमा हिस्सा लिएको थिएन। भारतले १९७२-मा हीडलबर्ग प्यारालम्पिकको साथ पदकको खाता खोलेको थियो। त्यस समय भारतले एउटा स्वर्ण पदक जितेको थियो। भारतले पछिबाट २००४-को एथेन्स प्यारालम्पिकमा २, २०१२-को लण्डन प्यारालम्पिकमा एउटा र २०१६-को रियो प्यारालम्पिकमा ४ वटा पदक जितेको थियो। भारतले अहिलेसम्म प्यारालम्पिक खेलहरूमा सबै मिलाएर १६ वटा स्वर्ण, २१ वटा रजत र २३ वटा काँस्यसहित जम्मा ६० वटा पदक जितेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement