गोरुबथान: इन्टरनेसनल रोटरी अर्गानाइजेसनको तर्फबाट रोटरी क्लब अफ सिलगढी मेट्रोपोलोटियनको तर्फबाट शिक्षक दिवसको अवसरमा नेसनल बिल्डर अवार्ड यसपटक स्पेसल टिचरहरुलाई प्रदान गरिएको थियो।स्पेशल टिचरहरुले दिव्याङ्ग विद्यार्थीहरु लगायत नर्मल विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिरहेका स्पेशल टिचरहरुलाई प्रदान गरियो। यस कार्यक्रममा गोरुबथानबाट उदय तामाङलाई पनि प्रमाण पत्र तथा उपहार प्रदान गरियो।उदय तामाङ गोरुबथान तामाङ गाउँ निवासी हुन्। उनलाई विगत ३ डिसेम्बर २०२१ सालमा पश्चिम बंगाल सरकारको तर्फबाट स्टेट अवार्डले सम्मानित गरिएको थियो।

यसैगरी इसीआई डिस्ट्रिक आइकन एवार्ड २५ जनवरी २०२३को दिन उनलाई प्रदान गरिएको थियो भने नेशनल बोल्डर एवार्ड ५ सितम्बर २०२४को दिन प्रदान गरियो।उनी आफै एकजना दिव्यांङ्ग हुनुहुन्छ। उहाँले हालमा तामाङ गाउँमा एउटा विद्यालय सन्चालन गरिरहनु भएको छ। यस विद्यालयमा स्पेसल चाइल्ड र नर्मल नानीहरुलाई शिक्षा प्रदान गर्ने गरिन्छ।उनी श्री टिकाराम तामाङ र सरिता तामाङको पुत्र हुन्। उनी आफु दिव्यांग हुँदाहुँदै पनि अरुको सेवाको लागि सदा तत्पर रहनु हुन्छ।

उनले गोरुबथानमा खण्ड स्तरीय संगठन तयार गरेर दिव्यांगहरुको हितमा कार्य गर्दै आइरहेका छन्। यसरी यसपटक उनी नेशनल बिल्डर एवार्डद्वारा सम्मानित हुँदा सम्पुर्ण गोरुबथानले नै सम्मानित भएको अनुभव गरिरहेको छ। हाम्रो चेनलको तर्फबाट उनलाई हार्दिक बधाई र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।