मङपूमा स्वर सम्रागी अरुणा लामा अनि हिरादेवी वाईबाको जन्म जयन्ती पालन

photocollage_2024991325143

मङ्पु: अरुणा लामा शालिग सरक्षण निर्माण समिति मङपूको आयोजनामा आज नेपाली संगीत जगतका दुई गायिका स्वर साम्राज्ञी अरुणा लामा अनि हिरादेवी वाईबाको जन्म जयन्ती भब्यताको साथ गायक राजेन आलेको अध्यक्षता सप्पन्न भयो। शरण उद्यान पार्कमा अवस्थित अरुणा लामा सालिगमा समारोहका प्रमुख अतिथि मङपूका साहित्यकार केबी गिरी, मङपू सिन्कोना बगान व्यवस्थापक गोपाल लामिछाने, गायक राजेन आले, कलाकार मनोज एकलकाटे अनि अन्यको बाहुलीबाट अरुणा लामाको प्रतिमा अनि हिरादेवी वाईबाको तस्वीरमा दीप प्रज्वलन, पुष्पार्पण अनि खदार्पाण गरियो।
यसरी नै मङपू सांगीतिक कला एकाईका कलाकारवर्गले अरुणा लामा अनि हिरादेवी वाईबाको गीत प्रस्तुत गरेका थिए। श्याम सिङगौरेले सञ्चालन गरेको समारोहमा दिलिप शर्माले सबैलाई आभार व्यक्त गरे।
शरण उद्यान पार्क परिसर अनि अरुणा लामा सालिग साफसफाई गरेर रङ्ग गरी सहयोग गरिदिएवापत आयोजक समितिको पक्षबाट नवीन वाईबाले अभिनन्दन पत्र पठन गर्दै अभियान को-ओपरेटिभ सोसाईटीका कर्मठ सदस्य अल्फा थापा अनि साथीहरुलाई सम्मानित गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement