मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चौथो स्थापना दिवस मिरिकको आले खेल मैदानमा भव्य रूपमा शुरु भएको छ। पार्टीको चौथो स्थापना दिवसको अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको बाहुलीबाट पार्टीको झण्डा उत्तोलन गरेर कार्यक्रम थालिएको छ। यस अवसरमा पार्टी अध्यक्ष अनित थापालाई पारम्परिक र सांस्कृतिक बाजा गाजाको साथमा भव्य स्वागत जनाइएको छ। पार्टीको चौथो स्थापना दिवसको अवसरमा केक काटेर पालन गरिएको छ। यस अवसरमा स्वागत सम्भाषण भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय सह सचिव त्योतिकुमार राईले राखेका थिए। पार्टीको स्थापना दिवसको अवसरमा मिरिक महकुमाको समष्टीहरूमा पर्ने चारजना सभासदहरूले पार्टीको केन्द्रीय अध्यक्ष अनित थापा अनि केन्द्रीय महासचिव अमर लामालाई सम्बर्द्धना जनाएका छन्। पार्टीको चौथो स्थापना दिवसको अवसरमा सम्पन्न कार्यक्रममा दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक क्षेत्रबाट पार्टीको केन्द्रीय पदाधिकारीहरू, पार्टी कार्यकर्ताहरू, सभासदगण उपस्थित रहेका छन्। विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रमक साथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चौथो स्थापना दिवस मिरिकमा शुरु भएको छ।









