मूण्डा फूटबल क्लब र नागरी विजयी

photocollage_20249911553540

बालासन: नेहुर बालासन ड्रीमर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित मोतिलाल मोक्तान स्मृति ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२४-मा आइतवार दोस्रो राउण्डको २ वटा म्याच खेलियो। यी २ वटा म्याचमा जीत हासिल गरी मूण्डा फूटबल क्लब र नागरीले प्री-क्वार्टर फाइनलमा स्थान बनायो । दिनको पहिलो म्याचमा मूण्डा फूटबल क्लबले सिलगढ़ी यूबीएफसी-विरुद्ध ८-०-ले जीत हासिल गऱ्यो। यसरी दोस्रो म्याचमा नागरीले सुनेर बस्तीलाई ४-०-ले पराजित गऱ्यो। यस सेवेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २७ अक्टोबरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement