ओली-देउवा एकअर्कालाई धोका दिन ठीक्क परेर बसेका छन्’

IMG-20240909-WA0018

भद्रपुर: नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले वर्तमान सरकार धोकाको जगमा उभिएको टिप्पणी गरेका छन्।रविबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एकीकृत माले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा एकले अर्कोलाई धोका दिन तम्तयार भएर बसिरहेको बताएका छन्। साइत जुर्नेबित्तिकै एकले
अर्कोलाई धोका दिने उनको टिप्पणी छ।
‘दुवै जना एकले अर्कोलाई धोका दिन ठीक्क परेको देख्छु म त। समयको साइत कहिले जुर्ने भन्नेमात्रै हो। दुईवटा धोकेवाजहरु एक ठाउँमा उभिएर कुनै समय मैले उसलाई, उसले मलाई धोका दिन्छ भनेर, हामीले धोका दिनुपर्छ भनेर तयार भएर बसेको छ,’ उनले भने।
उपाध्यक्ष खतिवडाले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको बताए। व्यक्तिगत रुपमा कसैको असन्तुष्टि रहेपनि संगठित रुपमा कसैको पनि असन्तुष्टि नरहेको उनको भनाइ छ।
‘व्यक्तिगत रुपमा मान्छेको असन्तुष्टि होला, संगठित रुपमा असन्तुष्टि कसैको पनि छैन। सबैसँग कुराकानी पनि भइरहेकै छ। अलिअलि तनाव त छ। तर, त्यो तनाव व्यवस्थापन गर्न सकिने ढंगले संवाद भइरहेको छ,’ उनले भने।
पार्टीको आन्तरिक चुनावमा परिजित भएका नेताहरुले अहिले असन्तुष्टि जनाइरहेको र त्यो विस्तारै समाधान हुँदैजाने उनको भनाइ छ। ‘समस्या छैन भन्ने होईन, केही समस्या छन्। समस्या अलि परसम्म बाँकी रहन्छन्। योग्य सक्षम व्यक्ति पनि चुनावमा पराजित हुँदा हामीलाई कतिपय कामको जिम्मेवारी दिन पनि अप्ठ्यारो परेको छ। उनिहरुको आफ्नो चित्त दुखाइ पनि छ। सबै समस्या व्यवस्थापन गर्न सकिने प्रकारको समस्या छ,’ उनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement