पथरीशनिश्चरेका श्रेष्ठ लागूऔषध कारोबार गर्दागर्दै पक्राउ

IMG-20240909-WA0082

भद्रपुर: मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ कुशल चौकका २५ वर्षीय सरोज श्रेष्ठ लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कुशलबजारबाट खटिएको टोलीले सरोज श्रेष्ठको घरमा छापा मारेको थियो। तलासीको क्रममा प्रहरीले ट्रामाडोलका ७२४ चक्की र डिकोलिकका ४८० चक्की फेला पारी उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। हाल उनलाई इलाका प्रहरी कार्यालय पथरीमा राखी अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार उनी लामो समयदेखि लागूऔषधको अवैध कारोवारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीले लागूऔषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यलाई पनि तीव्र बनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement