एआईएफएफ-ले स्टीमाकलाई ४ लाख अमेरिकी डलरको क्षतिपूर्ति दिने

IMG-20240908-WA0222

नयाँ दिल्ली: पूर्व मुख्य प्रशिक्षक इगोर स्टीमाक र अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-बीच अन्तमा गएर सम्झौता भयो। यस सम्झौताअन्तर्गत राष्ट्रिय पुरुष फूटबल टीमका पूर्व प्रशिक्षकलाई नौकरीबाट निकालिएको क्षतिपूर्तिको रूपमा ४ लाख अमेरिकी डलर (लगभग ३.३६ करोड़ रुपियाँ) दिइनेछ। वास्तवमा फिफा वर्ल्ड कप २०२६ क्वालीफायरमा भारतीय टीमको निराशाजनक प्रदर्शनपछि स्टीमाकलाई पदबाट बर्खास्त गरिएको थियो। क्रोएशियाका पूर्व फूटबलर स्टीमाकले पनि पदबाट हटाइएपछि एआईएफएफ-लाई १० दिनभित्र अनुबन्धको रहल राशि भुक्तान गर्ने अनि यस्तो नगरे फिफा ट्रिब्यूनलमा मामिला दर्ता गर्ने धम्की दिएका थिए। यसपाली दुवै पक्षबीच सम्झौता भएको छ। महासंघका शीर्ष अधिकारीहरूले स्टिमाकसँग विवादलाई अन्त गर्न क्षतिपूर्तिको रूपमा ४ लाख अमेरिकी डलरको भुक्तान गर्ने स्वीकृति दिएका छन्। स्टीमाकलाई २०१९-मा भारतीय सीनियर पुरुष फूटबल टीमको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement