गितडाब्लिङ: शनिबार नोकडाँडा खेल मैदान नजिकै स्थित सामुदायिक भवनमा कालेबुङ अस्पतालबाट दन्त चिकित्सक डाक्टर रितेश तामाङ तथा उहाँको टिमले नि:शुल्क रूपमा स्थानीय गितबियोङ र गितडाब्लिङ भेकका दाँतका बिरामीहरूको जाँच गरेका थिए।
पोचोक शिखर स्पोर्टस क्लवको आयोजनामा हिजो सम्पन्न यस स्वास्थ्य शिविरमा गितडाब्लिङ स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सुवेन्दु दास तथा स्वास्थ्यकर्मी राजु गुरुङले पनि सहयोग पुर्याउनु भएको थियो।
कार्यक्रम सफल पार्न शिखर स्पोर्टस क्लवको तर्फबाट सभापति सैगुण राई, सचिव रतन राई, कोषाध्यक्ष पवन राई लगायत रोमन राई, उदित राई, सविता राई, टिकाराम राई, मोहन राई, रेमण्ड राई, नेहा राई, लक्ष्य राई, अनामिका राई, सुमिरण राई, सुनिता राई र बुद्ध राई खटिएका थिए।