दिपावली कप फूटबल टुर्नामेण्टको आधिकारिक शेड्यूल जारी

IMG-20240908-WA0221

दार्जीलिङ: राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको आयोजनमा हुने दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको १५औं संस्करण २१ सेप्टेम्बरदेखि शुरु हुनेछ। टुर्नामेण्टको आयोजन समितिले आइतवार आधिकारिक शेड्यूल जारी गऱ्यो। फेञ्चेटार खेल मैदान (दार्जीलिङ)-मा हुने यस टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिनेछ। उद्घाटन म्याचमा नेपालको रेड हर्स (इलाम) र राइजिंग स्टार स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच २६ र २७ अक्टोबरमा हुनेछ। यसरी फाइनल ३१ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबका सचिव बिनोद छेत्रीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement