चिन्लोप सेवेन र बिरिक फूटबल क्लब विजयी

photocollage_202498231442903

रोंगचोंग: प्रगति युवा संघ गेम्स एण्ड स्पोर्ट्स कमिटी, रोंगचोंगको तत्त्वावधानमा आयोजित डी.बी. योगी स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। दुवै म्याचमा विजेता टीमले गोलको वर्षा गऱ्यो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग पब्लिक ग्राउण्डमा आज भएको पहिलो म्याचमा चिन्लोप सेवेनले देवराली फूटबल क्लबलाई ५-१-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा बिरिक फूटबल क्लबले तीनचुले फूटबल क्लबलाई ६-१-ले पराजित गऱ्यो। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल म्याच २ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको गत संस्करणमा कालीझोड़ा युवा परिवार च्याम्पियन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement