एशियन च्याम्पियन्स ट्रफीमा भारतको असल शुरुवात

IMG-20240908-WA0216

मोकी (चीन): पेरिस ओलम्पिकमा काँस्य पदक विजेता भारतीय पुरुष हकी टीमले आइतवार एशियन च्याम्पियन्स ट्रफीको म्याचमा आयोजक चीनलाई ३-० ले पराजित गऱ्यो। म्याचमा सुखजीत सिंह (१४औं मिनट), उत्तम सिंह (२७औं मिनट) र अभिषेक (३२औं मिनट)-ले गोल गरे। ओलम्पिकमा लगातार दोस्रो काँस्य पदक जितेको लगत्तै पछि यस महाद्वीपीय टुर्नामेण्टमा खेल्न ओर्लिने भारतीय टीमले शुरुवातमा प्राप्त भएको मौकाहरूलाई काममा लगायो। म्याचमा चीनले भारतको डिफेन्सलाई अधिक चुनौती दिन सकेन। भारतले टुर्नामेण्टमा आफ्नो दोस्रो म्याच सोमवार जापानविरुद्ध खेल्नेछ। भारतले गत वर्ष आफ्नो घरेलु मैदानमा यस टुनर्नामेण्टमा खिताब जितेको थियो। भारत यस टुनर्नामेण्टमा चारपल्ट ट्रफी जित्ने एकमात्र टीम हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement