गान्तोक: जङ्गली जनावर ब्ल्याक पेन्थरको आक्रमणमा एक व्यक्ति गम्भीर घाइते भएका छन्। घटना उत्तर सिक्किमको जङ्गु समष्टिअन्तर्गत ही गेथाङको हो। स्थानीय जिग्मी लेप्चालाई हिजो दिउँसो करिब साढ़े बाह्र बजी ब्ल्याक पेन्थरले आक्रमण गरेको बताइएको छ। गम्भीर अवस्थामा उनलाई गान्तोकको एसटीएनएम अस्पतालमा उपचारको निम्ति ल्याइएको छ। उनको अवस्था चिन्ताजनक बताइएको छ।