गेजिङमा पालन गरियो राष्ट्रीय साक्षरता दिवस

IMG-20240908-WA0213

गेजिङ: गेजिङ जिल्लाले आज बेटी पढाऔँ बेची बचाऔँ अन्तर्गत राष्ट्रीय साक्षरता दिवस पालन गऱ्यो। उक्त कार्यक्रममा क्योङसाको वरिष्ठ कन्या विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए भने जसलाई गेजिङ पठनका लागि नोडल शिक्षिका सुश्री अर्चना सुवेदीले नेतृत्व गरेकी थिइन्। यस अवसरमा सिक्किम टिचर्स एसोसिएशनकाका प्रतिनिधिहरूले पनि अंशग्रहण गरेका थिए। कार्यक्रममा जिल्ला नोडल अधिकारी राजेश थापाले एनएलपी र यूएलएलएएसबारे प्रकाश पारे। उनले आइएलएफ २०२४ को विषयवस्तु “बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्परिक समझदारी र शान्तिको लागि साक्षरता” माथि पनि प्रकाश पारे। गेजिङको शिक्षा विभागले पनि १ सेप्टेम्बरदेखि विद्यालय, ब्लक र जिल्ला स्तरमा साक्षरता सप्ताह मनाउँदै आइरहेको बताए।
सहभागी विद्यार्थीहरूलाई स्वैच्छिक शिक्षकको रूपमा काम गर्न र उनीहरूको परिवारका अशिक्षित वा नव-साक्षरहरूलाई आधारभूत जीवन सीपहरू, डिजिटल र वित्तीय साक्षरता सिक्न आग्रह गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement