उत्तर सिक्किमको खाङ्से झील पुग्यो अध्ययन टोली

IMG-20240908-WA0209

गान्तोक: उत्तर सिक्किमको विभिन्न झीलहरुको अध्ययन गर्न हाल उत्तर सिक्किममा रहेको टोलीले अर्को सफलता हासिल गर्दै लोनार्क झील नजिकमा रहेको खाङ्से झीलको भ्रमण पूरा गरेको छ। उल्लेख्य, भारत सरकारका विभिन्न मन्त्रालय र सिक्किम सरकारका विभिन्न विभागीय अधिकारीहरुद्वारा गठित द्ययन टोलीले उत्तर सिक्किमका जम्मा १४ वटा झीलको अध्ययन गर्नेछन्। अभियान टोलीका दुई समूहले लोनार्क उपत्यकाको मुगुथाङ र लाचेन खाङ्से झीलको भ्रमण गरेका थिए। अध्ययन भ्रमणको क्रममा टोलीले मुगुथाङमा हिमपात र बाढको प्रभावमाथि समीक्षा गरेको छ। सरकारी प्रेस बयानअनुसार टोलीले अहिले प्रारम्भिक चरणको समीक्षा गरेको हो। अन्य टोलीका सदस्यहरूले विभिन्न अध्ययनहरूबाट संकलन गरेको तथ्याङ्क आज साँझ थांगु गेस्ट हाउसमा चर्चा गरिएको थियो। उल्लेख्य छ, गत वर्ष ४ अक्टोबरको राति लोनार्क झीलमा बादल फाट्दा टिस्टा नदीको जलस्तर बढ़ेपछि भीषण बाढ़ एको थियो। जसले गर्दा सिक्किम लगायत छिमेकी पश्चिम बंगाल राज्यका धेरैवटा ठाउँहरुमा व्यापक क्षति पुऱ्याएका थिए। त्यसपछि टिस्टाको जलस्तरमा बारम्बार उतारचढ़ाउ देखा परिरहेको छ। यस्तो स्थितिमा सिक्किम सरकारको प्रभावी पहलको फलस्वरूप केन्द्र सरकारको सहकार्यमा उच्चर जिल्लाका विभिन्न झीलहरुको अध्ययन गर्ने तयारी गरेको हो। यसअन्तर्गत ३५ सदस्यीय टोलीले विभिन्न टोली बनाई जम्मा १४ वटा झीलहरुको अध्ययन गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement