राजगञ्ज: अम्बाडीमा डे–नाइट ‘सम्प्रिति कप’ फुटबल प्रतियोगिता आयोजना भएको छ। यो फुटबल प्रतियोगिता आइतबार राजगंज ब्लक युवा तृणमूल कांग्रेसको नेतृत्वमा आयोजित गरिएको थियो।
यो फुटबल खेल राजगञ्ज ब्लकको बिन्नागडी ग्राम पञ्चायत अन्तर्गत अम्बरी चिन्तामोहन हाई स्कूलको मैदानमा आयोजना गरिएको बताइएको छ। ‘सम्प्रिती कप’को यो चौथो वर्ष हो। यस फुटबल खेलमा राजगञ्ज विधानसभाका विभिन्न टोलीसहित जिल्ला र विभिन्न प्रदेशका १६ टोलीको सहभागिता रहेको थियो। यस प्रतियोगिताको उद्घाटन राजगञ्जका विधायक खगेश्वर रायले गरेका थिए। खेलका विजेता र उपविजेतालाई ट्रफी र आर्थिक पुरस्कार प्रदान गरिने छ ।यस दौरान राजगंज विधायक खगेश्वर राय, राजगंज पंचायत समिति अध्यक्ष रुपाली दे सरकार, राजगंज ब्लक तृणमूल कांग्रेस अध्यक्ष अरिन्दम बनर्जी, राजगंज ब्लक युवा तृणमूल कांग्रेस अध्यक्ष तुषार कान्ति दत्त, बिन्नागुरी ग्राम पंचायत अध्यक्ष समीजुद्दीन अहमद र अन्य उपस्थित थिए।