खरसाङ महकुमा कार्यालय स्तरीय फुटबल टुर्नामेन्टको उपाधि आकाशवाणी खरसाङको झोलीमा

IMG-20240908-WA0186

खरसाङ: खरसाङ महकुमा कार्यालय स्तरीय फुटबल टुर्नामेन्टको उपाधि आकाशवाणी खरसाङले जितेको छ। खरसाङ फुटबल एसोसिएशनको आयोजनामा खरसाङको मन्टिभियट खेल मैदानमा गत २४ अगस्तदेखि भईरहेको कार्यालय स्तरीय फुटबल टुर्नामेन्टको फाइनल खेल आज खरसाङ पुलिस र आकाशवाणी खरसाङमाझ सम्पन्न भयो। यस खेलको शुरुमा नै पुलिसले गोल गरेर बढ़त बनाएका थिए भने आकाशवाणीको तर्फबाट लगातार दुई गोल गरेर बढ़त बनाएको थियो। पहिलो हाफको खेल २-१ को अन्तरमा समाप्त भएको थियो। चरम रोमाञ्चक बनेको फाईनल खेलको अन्त्यमा पुलिसलो एक गोल गरेर खेल बराबरीमा ल्याएको थियो।निर्धारित समयसम्म दुवै दलमाझ २-२ गोल भएपछि फाईनल खेल टके परिणमा पेनल्टी शुट आउटमा प्राप्त भएको थियो। आकाशवाणीको तर्फबाट नर्बु छिरिङ शेर्पा र गोपाल छेत्रीले गोल गरेका थिए भने पुलिसको तर्फबाट दिवस लामाङ र उजैन लेप्चाले गोल गरेका थिए।पेनल्टीमा आकाशवाणीको तर्फबाट पाँचैजनाले गोल गरेका थिए भने पुलिसको तर्फबाट एकजनाले गोल मिस गर्दा आकाशवाणीले उपाधि जितेको छ। यस फाइनल खेलमा म्यान अफ् द म्याच आकाशवाणीको प्रयास सार्की, म्यान अफ् सिरिज पुलिसको अखिल तामाङ चयन भएका छन् भने बेस्ट गोल किपर आकाशवाणीको गोल किपर मौसम नेवार अनि सर्वाधिक गोलदाताको रूपमा एसआई स्कूलबाट ११ गोल गर्ने बीरेन्द्र राईलाई चयन गरिएको छ।खरसाङ महकुमा कार्यालय स्तरीय फुटबल टुर्नामेन्टको उपाधि जित्ने आकाशवाणी खरसाङलाई ट्रफीसहित नगदराशि सात हजार र उप विजेता पुलिसलाई ट्रफिसहित नगदराशि पचास हजार प्रदान गरिएको छ।

आजको खेलमा मुख्य अतिथिको रूपमा जीटीएको खेलकूद अनि युवा मामिला विभागको एमओडी सभासद नवराज छेत्री अनि विशिष्ट अतिथिहरूमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, डीएसपी डीआईबी टीटी भोटिया, डीएसपी भुषण छेत्री, आई खरसाङ, समाजसेवी टीटी लामा, खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सभापति मोहन योञ्जन, अलफ्रेट तामाङ, फिरोज अख्तर लगायत अन्यहरू उपस्थित रहेका थिए। फाइनल खेलमा निर्णायक मण्डलीमा मुख्य निर्णायक प्रतिक गुरुङ, सहायकहरु सुरेन गुरुङ, प्रमोद प्रधान अनि फोर्थ अफिसियलमा सञ्जय थापा रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement