खरसाङमा शहीद कप्तान दलबहादुर थापाको सालिग अनावरण

IMG-20240908-WA0178

आशा मुखिया लामा, डा. एकलव्य शर्मा र विवेक राईलाई सम्बर्ध्दना

खरसाङ: भारतीय गोर्खा परिसंघ खरसाङ क्षेत्रीय समितिको आयोजनामा स्वतन्त्रता सेनानी कप्तान दलबहादुर थापाको सालिग अनावरण गरिएको छ। उक्त सालिग खरसाङको आईएनए बस बिसौनी परिसरमा भारतीय गोर्खा परिसंघको राष्ट्रिय भारप्राप्त अध्यक्ष नित्यानन्द उपाद्यय र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाको बाहुलीबाट अनावरण गरिएको छ। यसै अवसरमा स्वतन्त्रता सेनानी कप्तान दलबहादुर थापाको सालिगमा उपस्थित अतिथिहरू र विभिन्न स्थानहरूबाट आएका भारतीय गोर्खा परिसंघको पदाधिकारीहरू र खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरूले धुप दीप प्रज्वलनसहित श्रध्दाञ्जली अर्पण गरेका थिए। उत्तरार्ध्दको कार्यक्रम खरसाङको सन्त अल्फन्सेस विद्यालयमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता भारतीय गोर्खा परिसंघ खरसाङको अध्यक्ष सहदेव चामलिङले गरेका थिए भने प्रमुख अतिथिको रुपमा भारतीय गोर्खा परिसंघको राष्ट्रिय अध्यक्ष नित्यानन्द उपाद्यय उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिको रूपमा जीटीएको कार्यकारी सभासद अनोश थापा, भागोपको वरिष्ठ राष्ट्रिय उपाध्यक्षहरू डा. पुनम सुब्बा, यम घिमिरे र निर्मल पुन, केन्द्रीय महासचिव अभय खालिङ, राष्ट्रिय सांगठनिक सचिव बिमल प्रधान, राष्ट्रिय कोषाध्यक्ष बिर्जु सुब्बा लगायत अन्यहरू उपस्थित रहेका थिए। त्यसरी नै
भारतीय गोर्खा परिसंघको राष्ट्रिय पदाधिकारीहरू र अन्य आञ्चलिक कमिटीकाहरू असम, दिल्ली, सिक्किम, सिलगढी, दार्जिलिङ, खरसाङ, मिरिक क्षेत्रबाट उपस्थित रहेका थिए। सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूका बाहुलीबाट स्वतन्त्रता सेनानी कप्तान दलबहादुर थापाको तस्वीरमा धुप दिप प्रज्वलन गरी थालिएको कार्यक्रमलाई भागोप राष्ट्रिय सह कोषाध्यक्षा देविका मंग्राती राईले सञ्चालन गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण साथै सचिवको प्रतिवेदनसहित सालिग निर्माण विषयमा भागोप खरसाङको महासचिव लक्ष्मण शर्माले वक्तव्य राखेका थिए। कार्यक्रममा शहीद कप्तान दलबहादुर थापाको नाममा मौन धारण गरिएको थियो। कार्यक्रममा भारतीय गोर्खा परिसंघको उदबोधन गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा नारी स्रष्टा एंव संस्कृतिविद साथै भागोप खरसाङको पूर्व अध्यक्षा आशा मुखिया लामा, फिल्म निर्देशक एंव नेपाली लघु चलचित्र शान्तिका निर्देशक विवेक राई र पद्यश्री वैज्ञानिक डा एकलव्य शर्मालाई सम्बर्ध्दना जनाइएको छ। तीनैजनालाई आफ्नो क्षेत्रमा दिएको योगदान र उपलब्धिको लागि खदार्पणसहित शल ओढ़ाएर सम्मान गर्दै सम्बर्ध्दना पत्र, स्मृति र हरियो फूल प्रदान गरेर सम्बर्ध्दना जनाइएको छ।

कार्यक्रममा प्रमुख अतिथि नित्यानन्द उपाद्ययले आफ्नो सम्बोधनमा शहीद कप्तान दलबहादुर थापाको सालिग अनावर गरिएको दिन ऐतिहासिक रहेको बताएका छन्। उनले शहीद पवित्र शब्द हो भन्दै शहीदले आफ्नो देश र समाजको लागि आत्मा बलिदान दिन्छन् भनी बताएका छन्। प्रमुख अतिथिको रुपमा उपस्थित भारतीय गोर्खा परिसंघको राष्ट्रिय अध्यक्ष नित्यानन्द उपाद्ययले हामी शहीदहरूको नाम जान्दछौं तर शहीदहरूको सालिग स्थापना भएको कम सुन्छौं भन्दै भागोप खरसाङले शहीद दलबहादुर थापाको सालिग स्थापना गरेर महान् कार्य गरेको छ जुन इतिहासमा लेखिएको छ भनी बताएका छन्। उनले भागोपद्वारा सर्वप्रथम शहीद मेजर दुर्गा मल्लको सालिग दिल्लीको संसद भवन अघि स्थापना गरेको थियो जुन धेरै महत्वपूर्ण रहेको बताएका छन्। उनले शहीदहरूको लागि हामीले कार्य गर्न र सम्झना गर्न सदैव तत्पर रहनुुपर्छ भनी बताएका छन्। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित राष्ट्रिय महासचिव अभय खालिङले आफ्नो सम्बोधनमा आज खरसाङले इतिहास रचेको बताउँदै आजको दिन इतिहासमा लेखिने बताए। इतिहासले बिर्सेको शहीद कप्तान दलबहादुर थापाको पूर्णांक सालिग खरसाङमा स्थापना गरेको अवसरमा खरसाङलाई बधाई दिएका छन्। उनले भागोपको लक्ष्य भावनात्मक एकता होइन तर वैचारिक एकता रहेको बताएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै जीटीएको कार्यकारी सभासद अनोश थापाले हाम्रो समाजले वीर पूजा गर्नु आवश्यक छ भन्दै दलबहादुर थापाको स्वतन्त्रतामा महत्वपूर्ण योगदान रहेको बताएका छन्। उनले गोर्खाहरूको उन्मुक्तिको लागि राजनैतिक पार्टीले होइन तर गैर राजनैतिक रूपमा काम गर्नलाई पूर्वग्राह नराखी जातीय एकताको लागि कार्य गर्न आग्रह गरेका छन्। थापाले अब वैचारिक आन्दोलन गर्नु आवश्यक रहेको पनि बताए।

यसै कार्यक्रममा भागोपको सदस्य आईएन शर्माद्वारा लिखित पुस्तक -‘स्वाधीनता सङ्गामका खुकुरीवीरहरू’ लोकार्पण गरिएको छ। उक्त पुस्तकमाथि वरिष्ठ साहित्यकार ऋषि राईले समीक्षात्मक टिप्पणी राखेका थिए। यसै कार्यक्रममा राष्ट्रिय अध्यक्ष नित्यानन्द उपाद्ययको बाहुलीबाट भारतीय गोर्खा परिसंघक आजीवन सदस्यहरूलाई प्रमाण पत्र वितरण गरिएको छ। कार्यक्रममा विभिन्न जातीय नृत्यहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा नरेन थापा र पदम खातीद्वारा युगल गीत प्रस्तुत गरिएको छ भने वरिष्ठ साहित्यकार राजु प्रधान हिमांशुले कविता वाचन गरेका गरेका। कार्यक्रममा धन्यवाद ज्ञापन भारतीय गोर्खा परिसंघ खरसाङको सचिव लक्ष्मण शर्माले राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement