गान्तोक: विद्या भारती सिक्किमको एक प्रतिनिधि टोलीले हिजो (शनिवार) सिक्किमको राज्यसभा सांसद दोर्जी छिरिङ लेप्चासॅंग शिष्टाचार भेट गऱ्यो। यस भेटको क्रममा उच्च सदन (राज्य सभा) को सदस्य निर्वाचित बनेकोमा विद्या भारती सिक्किमले सांसद लेप्चालाई बधाई एवं शुभकामना व्यक्त गऱ्यो।
यस अवसरमा राज्यसभा सांसदलाई विद्या भारती सिक्किमका पदाधिकारीहरूको परिचय गराउनका साथै संस्थाको वर्तमान कार्य, स्थिति, सेवा तथा भावी योजनाहरूको बारेमा जानकारी गराइयो। यस टोलीमा विद्या भारती सिक्किमका महामन्त्री विजय कुमार शर्मा, संयोजक मोहन शर्मा लगायत सरस्वती विद्या निकेतन, रानीपुलका प्रधानाचार्य, सह प्रधानाचार्य सामेल थिए।