क्वितोवा र गार्सिया सिनसिनाटी ओपनको फाइनलमा

photocollage_2022821143051429.jpg

२१ अगस्तः पेट्रा क्वितोवाले तीन सेटसम्म चलेको रोमाञ्चक म्याचमा मेडिसन कीजलाई ६-७ (६), ६-४, ६-३-ले पराजित गरी पहिलोपल्ट वेष्टर्न एण्ड सदर्य ओपन टेनिस टुर्नामेण्ट (सिनसिनाटी ओपन)-को फाइनलमा प्रवेश गरिन्। बत्तीस वर्षीय क्वितोवाले यसअघि सिनसिनाटी ओपनमा १० पल्ट हिस्सा लिएकी थिइन् तर कहिले पनि सेमिफाइनलभन्दा अघि बढ़्न सकेकी थिइनन्। फाइनलमा उनको भिड़न्त फ्रान्सकी क्यारोलिन गार्सियासँग हुनेछ। क्यारोलिन सिनसिनाटी ओपनको फाइनलमा पुग्ने पहिलो क्वालीफायर हुन्। उनले अन्य एउटा सेमिफाइनलमा छैटौं वरीयता प्राप्त आर्यना सबालेंकालाई ६-२, ४-६, ६-१-ले पराजित गरी लगातार सातौं म्याच जितेर फाइनलमा स्थान बनाइन्। सिनसिनाटीमा २०१९-की च्याम्पियन कीजले यस हप्ता तीनजना ग्राण्ड स्ल्याम विजेताहरूलाई पराजित गरिन् तर क्वितोवा विरुद्ध चाहिँ उनको कुनै शीप चलेन। पुरुष एकल वर्गको फाइनलमा विश्वका १५२औं नम्बरका क्रोएशियाई खेलाड़ी बोर्ना कोरिच र विश्वका चौथो नम्बरका खेलाड़ी स्टेफानोस सितसिपासबीच भिड़न्त हुनेछ। कोरिचले सेमिफाइनलमा क्यामरन नोरीलाई ६-३, ६-४-ले पराजित गरिन्। यसरी नै सितसिपासले शीर्ष वरीयता प्राप्त रुसका दानिल मेदवेदेवलाई तीन सेटको म्याचमा ७-६, ३-६, ६-३-ले पराजित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement