गोरुबथान: माइपाते “थापसङ गैर-सरकारी संस्था” को अगुवाईमा दोस्रो चरणको सफाई कार्यक्रम सम्पन्न भयो। आज ०८/०९/२०२४ आइतबारको दिन माइपाते गाँऊको मूल सड़कको दुवै तर्फ सफाई गरियो। स्थानीय जागरूक युवाहरूले उत्साहपूर्ण यस सफाई अभियानमा भाग लिएर आइरहेका छन्। प्रत्येक आइतबार यस संस्थाले सफाई कार्यक्रम गरेर लैजाने उनीहरुको लक्ष्य रहेको बताइएको छ। आजको यस सफाई कार्यक्रममा उपस्थित ब्यक्तिहरू क्रमैले तारा कुमार गुरूङ, मित्र बहादुर राई, सुमन गिरी, सरोज राई, अनमोल क्षेत्री, निमा शेर्पा, बिपन सुब्बा नानीहरू रजल गिरी, सदिप गिरी अनि प्रतिक गिरी थिए।

संस्थाको पक्ष बाट सुशष गुरूङ, हेमन्त राई अनि बिकाश चामलिङ राई उपस्थित थिए। सबै सहयोगीहरूप्रति संस्थाको पक्ष बाट अध्यक्ष बिकाश चामलिङ राईले धन्यवाद टक्रयाएका छन्।