भद्रपुर: सुनसरीको इनरूवा नगरपालिका वडा नं, २ घर भएका नुरुद्दिन् मियाँको छोरी अनजुम अरा मास्टर अफ प्रोफेस्नल अकाउन्ट(MPA) अस्ट्रेलियामै प्रथम स्थान ल्याउन सफल भएकी छन्।
किङ्गस ओन ईन्स्टिच्यु, सिडनी अस्ट्रेलियामा अध्ययनरत अरा प्रथम स्थान हासिल गरि नेपालको सम्मान बढाएको छ।
उक्त परिक्षामा नेपाल लगायत भारत, पाकिस्तान, बाङ्लादेश, चीन, जापान, कोरिया, जापान, भुटान, ब्राजिल , इन्डोनेसिया, फिलिपिन्स , अस्ट्रेलिया, मलेसिया, टर्की, लन्डन लगायत अन्य देशका करिब ६०० जना विद्यार्थीहरु सहभागी रहेका थिए।
मास्टर अफ प्रोफेस्नल अकाउन्ट(MPA) परिक्षामा अरा ४.४ जिपिए अंक ल्याएर अस्ट्रेलियामै उत्कृष्ट बनेकी छन्।