२ वर्षीया बालिकालाई सर्पले डसेपछि यस्तो भयो…

0-1-Baby-and-Snake

सर्पको नाम सुन्ने बित्तिकै एकपल्ट नतर्सिने मानिस विरलै पाइएला। सर्पले डसिहाल्छ कि भन्ने डर सबैसित हुन्छ। मानिसलाई सर्पले डसेपछि उल्टा मानिसले फेरि सर्पलाई डसेको घटना विरलै हुने गर्दछl एक खबर सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ। घरको पछाडि खेल्दै गरेकी दुई वर्षीया बालिकालाई सर्पले टोकेको थियो। त्यसपछि बालिकाले पनि आफ्नो दाँतले सर्पलाई समातेर टोकेर मारिन्।

यो खबर निकै स्तब्ध पार्ने खालको छ। १० अगस्तमा एक दुई वर्षीया बालिका आफ्नो घरमा खेलिरहेकी थिइन्, अचानक उनी चिच्याउन थालिन्। उनको आवाज सुनेर परिवारका सदस्य आएर हेर्दा बालिकाको दाँतमा मरेको सर्प थियो। एक रिपोर्टका अनुसार दुई वर्षीया बालिका आफ्नो घरको पछाडिको आँगनमा खेलिरहेकी बेला ठूलो स्वरले रुन थालिन्। बालिकाको आवाज सुनेपछि छिमेकीहरू त्यहाँ पुगे, बालिकाको ओठमा सर्पले टोकेको थियो। अर्कोतिर बालिकाको मुखमा ५० सेन्टीमिटर सर्प अड्केको देखेर सबै छक्क परे। टर्कीको बिङ्गोल नजिकै कान्तार गाउँमा बस्ने बालिकाको यो घटनाले सबैलाई चकित पारेको छ। भगवानको कृपाले बालिकाको ज्यान जोगिएको उनका बाबुले बताए। घटनापछि परिवारका सदस्यले बालिकालाई तत्काल अस्पताल भर्ना गरे। २४ घण्टाको उपचारपछि बालिकाको स्वास्थ्यमा सुधार आएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *