गो हत्याका आरोपी बिष्ट पक्राउ

IMG-20240908-WA0087

भद्रपुर: झापाको दमकमा भएको गौहत्यामा संलग्न बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ परेका छन्।
गाई काट्ने हतियार, जोख्ने तराजु र केही मासुसहित विष्टलाई शनिबार दमक प्रहरीले पक्राउ गरेको हो। उनलाई भोलि सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रहरी स्रोतले जनाएको छ।
मंगलवार राति दमक नगरपालिका-२ बस्ने ६७ वर्षीय लक्ष्मण बिष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गाई चोरेर लगेर हत्या गरिएको थियो। गोठबाट अकलापुरी ग्रिन सिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट सय मिटरको दूरीमा गाईलाई मारिएको थियो। घटनामा संलग्नलाई कार्वाहीको माग गर्दै हिन्दुवादी संगठनहरुले आन्दोलन गर्दै आएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement