गान्तोक: सिक्किमको राजभवनको सुरक्षामा तैनात भारत तिब्बत सीमा पुलिस (आईटीबीपी) का एक जवानलाई ड्यूटी स्थलमा मृत अवस्थामा भेटिएको छ। मृतक जवानको नाम राजा राम बताइएको छ।
पुलिस रिपोर्ट अनुसार, आईटीबीपीको १३औं बटालियनका जवान राजा राम राजभवनको भीआईपी गेटमा सुरक्षामा तैनात थिए। उनलाई मृत अवस्थामा भेटियो। उनको गोली लागेर मृत्यु भएको बताइएको छ।
आईटीबीपीको १३औं बटालियन (लिङदुम, रांका) का कमाण्डिङ अफिसरले शुक्रवार उक्त घटनाको सम्बन्धमा सदर थानामा प्राथमिकी दर्ता गराए। उनले गत ५ सेप्टेम्बर राति ९ देखि १२ बजीबीच घटना भएको बताएका छन्।
पुलिसले यस घटनाको सम्बन्धमा बीएनएसएस २०२३ को धारा १९४ अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।









