गेजिङ: गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाको अध्यक्षतामा मकड्रीललाई लिएर गत ३ सेप्टेम्बरको दिन बसेको एक बैठकपछि आज मकड्रीलको तयारीलाई लिएर गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा जिल्ला आपदा प्रबन्धन प्राधिकरण अन्तर्गत घटना प्रतिक्रिया टोलीका सदस्यहरूसॅंग परामर्श कार्यशालाको आयोजना गरियो।
मकड्रील आगामी १०-१२ सेप्टेम्बरको दिन गरिने छ।
कार्यशालालाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल रजनी शर्माले आगामी टेबल टप एक्सरसाइज र मक एक्सरसाइजको लागि जिल्लापालले गत ३ सेप्टेम्बरमा नै सबैलाई जानकारी गराएको अवगत गराइन्। उनले सम्पूर्ण अभ्यास दुर्घटना प्रतिक्रिया प्रणाली (आईआरएस) को सिद्धान्त अन्तर्गत सञ्चालन गरिने बताइन्। उनले मकड्रीलका लागि अधिकारीहरूको भूमिका र जिम्मेवारीहरू पनि जानकारी गराउँदै कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि विस्तृत निर्देशनहरू प्रदान गरिन्।
उनले यस अभ्यासले जिल्लालाई वास्तविक समयमा विपद्को सामना गर्न सक्षम बनाउन सहयोग पुग्ने सम्भावना व्यक्त गरिन्। उनले सबै विभागहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गर्दै उनीहरूको आपतकालिन अवस्थामा योजनाहरू छिटो बनाउनु पर्ने विषयमा जोड दिइन्।









