गान्तोक: भोलि अर्थात ८ सेप्टेम्बरको दिन रानीपुल छेउ सरसमा गार्डनमा पालन गरिने राज्यस्तरीय तीज उत्सवको तयारीबारे आज आयोजक समितिका सदस्यहरूले पाकिम जिल्लाका पुलिस अधीक्षकसँग एक समन्वय बैठक आयोजना गरे।
यस बैठकमा भोलि पालन गरिने तीज उत्सवको प्रबन्धन, वाहन पार्किङ लगायत अन्य विषयमा छलफल गरेको जानकारी गराइएको छ। बैठकमा सिक्किम विधानसभाकी उपाध्यक्ष राज कुमारी थापा, नाथाङ माछोङ निर्वाचन क्षेत्रकी विधायक पामिन लेप्चा, मुख्यमन्त्रीका पूर्व प्रेस सचिव बिकास बस्नेत, गान्तोककी उपमेयर छिरिङ पाल्देन भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।









