सडक दुर्घटना परि एक किशोरीको मृत्यु

IMG-20240614-WA0261

गान्तोक: शुक्रबार साँझ भएको एउटा सडक दुर्घटनामा परि एक किशोरीले ज्यान गुमाउनु पऱ्यो। उक्त घटना सोचेग्याङ सडकको मञ्जुश्री स्कूलनजिक भएको थियो। मृतक गान्तोक निवासी तेञ्जिङ याङकी भोटियाको रूपमा चिन्हित भएकी छन्। एउटा सरकारी वाहनले निजी वाहनलाई हिर्काउँदा किशोरीको मृत्यु भएको हो। सोचेग्याङदेखि मञ्जुश्री स्कूलतर्फ जाँदै गर्दा विपरित दिशाबाट आएको सरकारी वाहनसँग ठोक्किएको हो। निजी वाहनमा सवार एक १५ वर्षीया किशोरीको मृत्यु भएको छ भने वाहनमा सवार अन्यहरू घाइते भएका छन्। सरकारी वाहन अमित प्रधानले हाँकेका थिए। पुलिसले आरोपीलाई पक्राउ गरिसकेको र अहिले केरकार गरिरहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement