भिजन एफसी र बड़ा काकझोड़ा युनाइटेड विजयी

photocollage_202497224247816

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा भिजन एफसी र बड़ा काकझोड़ा युनाइटेडले आ-आफ्नो म्याच जित्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगअन्तर्गत शनिवार खेलिएको पहिलो म्याचमा भिजन फूटबल क्लबले युनाइटेड ब्रदर्स मानेभञ्ज्यांगविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट सुभेश राईले ५५औं र सुरज प्रधानले ६८औं मिनटमा गोल गरे। यसरी युनाइटेड ब्रदर्स मानेभञ्ज्यांगबाट सिद्धार्थ तामाङले ८१औं मिनटमा गोल गरे। यसरी दोस्रो म्याचमा बड़ा काकझोड़ा युनाइटेडले सिंहमारी फार्म्स क्लबलाई ६-२-ले पराजित गऱ्यो। विजेता टीमबाट अमर सेवाले १३औं र ६९औं मिनटमा २ गोल गरे। यसरी अनुराग छेत्रीले (४२औं र ४४औं मिनट)-ले पनि २ गोल गरे। यसबाहेक प्रीतम मुखियाले ३६औं र सुशान्त सिंहले ७०औं मिनटमा गोल गरे। यसरी सिंहमारी फार्म्स क्लबबाट ओंकित राईले ३५औं र अमन राईले ६८औं मिनटमा गोल गरे। यी दुईवटा म्याचको साथ सेकेण्ड डीविजन लीगमा शुरुवाती चरणका म्याचहरू समाप्त भयो। शुरुवाती चरणपछि बीच गाउँ स्पोर्टिंग क्लब (घूम), चामोंग एफसी, भिजन एफसी र बड़ा काकझोड़ा युनाइटेडले सेमिफाइनलमा स्थान बनायो। सेमिफाइनल र फाइनलको तारिखहरू चाँड़ै घोषणा गरिनेछ। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement