गान्तोक: क्षेत्रीय आयुर्वेद अनुसन्धान संस्थान गान्तोकले रानीपुलस्थित कृषि इन्जिनियरिङ कलेजमा एक स्वास्थ्य शिविर आयोजन गर्यो। शिविरमा कलेजका कर्मचारी र विद्यार्थीहरूको सहभागिता रहेको थियो। जसमा ५४ पुरुष, ३० महिला र १ शिशुगरी जम्मा ८५ बिरामीहरूको उपचार गरियो। डा. अचिनत्य मित्रले स्वस्थ जीवनशैलीका लागि आयुर्वेदिक नियमहरूबारे सचेतना बन्नुपर्ने सुझाउ दिए। शिविरले आवश्यक औषधिहरू निःशुल्क वितरण र निःशुल्क रगत परीक्षण पनि गरेको थियो। शिविरको मुख्य उद्देश्य आयुर्वेदबारे जागरुकता गराउनु रहेको थियो। जसमा उपस्थिति कर्मचारीहरुले यसको लाभबारे प्रश्न राखेका थिए। यस पहलले आयुर्वेदमा आधारित स्वास्थ्य सेवालाई प्रवर्द्धन गर्न र ग्रामीण क्षेत्रहरूमा व्यापक चिकित्सा सेवाहरू पुग्न सक्ने र जनस्वास्थ्य सुधार गर्न लाभ पुग्ने आशा गरिएको छ।









