बेलाकोवा गर्ल्स हाई स्कूलमा जलपाईगुडी जिल्ला प्रहरीको विजयिनी कार्यक्रम

14c6d2c6-94e2-4146-96dc-b357e2c7f5db-1024x768

राजगञ्ज: पुलिसले विद्यालयका छात्राका लागि विजयिनी कार्यक्रम आयोजना गरेको छ। उक्त विजयिनी कार्यक्रम जलपाईगुडी जिल्ला पुलिसको सहयोगमा बेलकोवा हाई गर्ल्स स्कूलका विद्यार्थीहरू र बेलकोवा पुलिस थानाको सहयोगमा तीन दिनसम्म आयोजना गरिएको हो।
४ सितम्बरदेखि सुरु भएको विजयिनी कार्यक्रमको आज अन्तिम दिन रहेको बताइएको छ। कार्यक्रममा जिल्ला पुलिस अतिरिक्त पुलिस उपरीक्षक शौबनिक मुखोपाध्याय, राजगञ्जका विधायक खगेश्वर राय, डीएसपी दोर्जी लेप्चा, राजगञ्जका आईसी अनुपम मजुमदार, बेलकोवा चौकीका ओसी केटी लेप्चा, पञ्चायत समितिकी अध्यक्ष रुपाली दे सरकार तथा विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो।

विजयिनी कार्यक्रम मार्फत छात्राहरुलाई महिला बेचबिखन, साइबर अपराध लगायतका बिषयमा सचेत गराइएको थियो। उनीहरूलाई कुनै पनि खतराबाट आत्मरक्षा गर्ने प्रविधि पनि सिकाइएको थियाे। पुलिसको यो पहललाई विद्यालयका शिक्षक तथा विद्यार्थीले प्रशंसा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement