सिलगढी: प्रेम सम्बन्धको आडमा शारीरिक सम्बन्ध राखेर नाबालिगलाई ठगी गर्ने एक युवकलाई माटिगडा पुलिसले पक्राउ गरेको छ। अभियुक्तको नाम गौरव राय (१९) हो। उनी माटिगडा थाना अन्तर्गतको इलाकाका बासिन्दा रहेको बताइएको छ। पुलिस स्रोतबाट प्राप्त जानकारीका अनुसार गत २२अगस्त एक नाबालिगले गौरव राय नामका युवक विरुद्ध पुलिस थानामा उजुरी दिएका थिए। उजुरीमा नाबालिगले आफूले गौरव रायलाई भेटेको आरोप लगाएकी थिइन्। यो भेट केही दिनमै प्रेममा परिणत भयो। त्यसपछि गौरवले उनलाई विवाहको बहानामा वैशाख महिनामा घरबाट निकालिदिए। उनीहरु करिब दुई महिना सँगै थिए। यसै क्रममा गौरवले नाबालिगसँग विवाह गर्ने कुरा गर्दै शारीरिक सम्बन्ध पनि राखेका थिए। पुलिस स्रोतका अनुसार सो अवधिमा नाबालिग गर्भवती भइन्। यसपछि गौरव नाबालिगलाई एक्लै छोडेर फरार भएको आरोप छ। त्यसपछि नाबालिगले पुलिस थानामा उजुरी दिएका थिए। उजुरीका आधारमा अनुसन्धानमा जुटेको माटिगडा पुलिस थानाले आरोपित युवकलाई शुक्रबार घरबाटै पक्राउ गरेको हो। आज आरोपी युवकलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।









