दुई महिनामा तीन हजार अपराधी पक्राउ: डीसीपी

Capture-2

सिलगढी: सिलीगुड़ी मेट्रोपलिटन पुलिसको सक्रियताले गर्दा पहिलाको तुलनामा हाल अपराधिक घटनामा कमी आएको छ। विगत दुई महिनाको अवधिमा शहरमा चोरी, छिनताई जस्ता आपराधिक मामिलामा विभिन्न थानाको पहलमा हालसम्म तीन हजार अपराधीलाई पक्राउ गरिसकेको छ। सिलगढी मेट्रोपलिटन पुलिसका डीसीपी विश्व चान्द ठाकुरले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका छन्। तिनले बताए अनुसार पुजालाई ध्यानमा राखेर स्पेशल ड्राइभ अभियान पनि शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement