राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार

Raju-Srivastav-2

मुम्बई: हास्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्यमा केही सुधार आएको छ। दिल्ली एम्समा भर्ना भएका राजुको रक्तचाप ११औं दिन नियन्त्रणमा आएको छ। तर, अक्सिजन ५० प्रतिशतमा बढाइएको छ। उनलाई यसअघि २० प्रतिशतसम्म अक्सिजन दिइँदै आएको थियो। यसअघि शुक्रबार राजुको अवस्था गम्भीर बनेको थियो। पछि एम्सको न्यूरोलोजी विभागका प्रमुखलाई तत्काल कोलकाताबाट फिर्ता बोलाइएको थियो। शनिबार राजुको अवस्था थाहा पाउनका लागि चर्चित कमेडियन तथा अभिनेता जोनी लिभर र नरेन्द्र बेदी एम्स पुगेका थिए। उनले परिवारलाई भेटेर राजुको शिघ्र स्वास्थ्य लाभको कामना गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement