सिलगढी: आजदेखि गणेश महोत्सव सुरु भएको छ। देशका विभिन्न भागहरुमा झैं सिलगढीमा पनि गणेश चतुर्थी भव्यरुपमा मनाइँदैछ। शहरका विभिन्न पुजा पण्डलसँगै धेरैले घर–घरमा गणेशको मूर्ति स्थापना गरी पूजाआजा गरिरहेका छन्। यसैबीच, सिलगढीका मेयर गौतम देव र पुलिस कमिश्नर सी सुधाकर आज सालुगडा रामकृष्ण मिशन सेवक हाउस पुगे। यस क्रममा उनीहरुले गणेशको पूजा गरे पश्चात प्रसाद ग्रहण गरे।त्यसपछि उनले आश्रमको पनि अवलोकन गरे। सो अवसरमा मेयर गौतमले गणेश चतुर्थीको दिन भगवान गणेशको पूजा गर्न पाउँदा आफुलाई खुसी लागेको पनि बताए।









