वृन्दावनको प्रेम मन्दिरको ढाँचामा केन्द्रीय शान्तिनगर गणेश पुजा समितिको पुजा मंडप निर्माण

7ab4d30a-a24a-4cc2-b0ea-71f9de8dfbe4-1024x576

सिलगढी: शनिबारदेखि दस दिनसम्म नगरमा गणेश उत्सवको रमाइलो हुने छ। गणपति बप्पाको आगमनको खुसीयाली नगरवासीमा देखिएको छ।यसैबीच डाबग्राम फुलबारी क्षेत्रको मध्यभागमा शान्तिनगर गणेश पूजा समितिले गणेश पूजाका लागि वृन्दावनको प्रेम मन्दिरको ढाँचामा पूजा मण्डप बनाएर ध्यान आकर्षण गरेको छ। यो वर्ष उनको गणेश पूजा ७ औं वर्षमा प्रवेश गरेको बताइएको छ। रामकृष्ण वेदान्त आश्रमका स्वामीजी रघवानन्द महाराज र डबग्राम-फुलबारी विधायक शिखा चटर्जीले शुक्रबार गणेश पूजाको उद्घाटन गरे। हिजो उद्घाटनदेखि नै पूजा मण्डपमा मानिसको भीड लागेको छ। पूजासँगै विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement