दार्जिलिङको उच्च स्थान सन्दकपु जान अब अनिवार्य मेडिकल टेस्ट

IMG-20240907-WA0308

दार्जीलिङ: दार्जिलिङ पहाड़को उच्च स्थान सन्दकपु भ्रमणमा जाने पर्यटकहरुको अब अनिवार्य मेडिकल टेस्ट गरिनु पर्ने भएको छ। यहाँको माने भञ्ज्याङ परिसरमा खडा गरिने उक्त हेल्थ पोस्टबारे एडभाइजरी जारी गर्ने महकुमा शासक रिचर्ड लेप्चाले जनाएका छन्। ११ हजार फिट अग्लो यो दुर्गम क्षेत्रमा सम्पर्क सुविधा विस्तार गर्न अर्कोतिर सशस्त्र सीमा बल चौकीमार्फत् हेल्प लाइन नम्बर जारी गरिनुसँगै सेताम्मे हिमचोटि, लाली गुराँस अनि रेड पाण्डाको महत्व बोक्ने यो सिंहलीला राष्ट्रिय निकुञ्ज छिर्न समय सारिणी पनि तय गरिने जानकारी छ। यस लगायत विकसित एवं सुरक्षित टुरिजमबारे बसेको दुई चरणको सो बैठक अवधि दार्जीलिङ हिमालयन रेलवे (डीएचआर), जुलोजिकल पार्कलगायत ट्राफिक अनि पार्किङ साथै पर्या पर्यटनबारे चर्चा भएको जानकारी छ। जिल्ला प्रशासनको पद्क्षेपमा सम्पन्न उक्त बैठकमा महकुमा अधिकारीलगायत पर्यटन विभाग, स्वास्थ्य विभाग, जीटीए सभा, सशस्त्र सीमा बल, वन विभाग, पर्यटन उद्यमीहरुको साथ मानेभञ्ज्याङ क्षेत्रका सिंहलीलाला ल्याण्ड रोभर एसोसिएसनका प्रतिनिधिहरू उपस्थित थिए। यता जिल्ला प्रशासनको पद्क्षेपलाई स्वागत जनाउँदै सन्दकपु क्षेत्रमा थप आवास सुविधा निर्माण गरिनुकोसँगै बाटो मरमति र एक्सलामाटाइज गराउन समुद्रतहबाट आएका पर्यटकहरुले पहिलो रात यो क्षेत्रमा बिताउन जरुरी रहेको विषयबारे पनि चर्चा भएको ल्याण्ड रोभर एसोसिएसन अध्यक्ष चन्दन प्रधानले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement